नेपालगन्ज ।
नेपालगन्जको पहिलो संक्रमण पुष्टि भएका व्यक्ति बस्ने क्षेत्रमै थप २२ जना कोरोना संक्रमण पुष्टि भएपछि बुधबार पुन स्वाब संकलन् थालिएको छ ।
विश्व स्वास्थ्य संगठनसहितको स्वास्थ्यकर्मीले नेपालगन्जका भैरवटोल, रानीतलाउ सब्जीमण्डी, नाउ टोल, पन्डन मोहला र टागा स्टेशनबाट मंगलबारसम्म ५६ जनाको स्वाव संकलन गरेको हो । ७१जनाको नाम संकलन गरिएकोमा आज पुनः स्वाब संकलन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले बताउनुभयो ।
नेपालगन्जको एउटै बस्तीमा २३ जनामा कोरोना देखिएपछि विश्व स्वास्थ्य संगठनको टोली नेपालगन्ज आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विभिन्न पाँच स्थानबाट थ्रोट स्वाब संकलन गरिएको छ । २३ जना कोरोना संक्रमितको सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।
नेपालगन्जमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाने क्रममा एउटै टोलका २३ जनालाई संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक गरिएको ४५ जनाको परीक्षणमा मंगलबार ७ जनामा संक्रमण पुष्टि भएको हो । सक्रमित २३ जनालाई खजुरा आइसोलेसन अस्पतालमा भर्ना गरिएको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
प्रतिक्रिया