काठमाडौं ।
बैठकको बीचमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उठेर गएपछि नेकपा सचिवालय बैठक सकिएको छ ।
बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भइरहेको बताए। उनले भोलि स्थायी समिति बैठक बस्ने/नबस्नेबारे पनि दुई अध्यक्षले निर्णय गर्ने जानकारी दिए।
यसअघि बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली ‘म थाकें, एकछिनमा आउँछु’ भनी निस्केर गएका थिए ।
पाँच बजेतिर प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको थिए।
भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो।
प्रतिक्रिया