९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा सचिवालय बैठकः बैठक कक्षमा चर्काचर्की भएपछि बाहिरिए प्रधानमन्त्री ओली



काठमाडौं ।
नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्ष तर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ । स्रोतः रातोपाटी

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ५ : ३७ बजे