काठमाडौं ।
नेपालमा बुधबार १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन् ।
थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन् । उनीहरूमध्ये १० पुरूष र ७ महिला छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया