मायादेवी अनलाइन, तौलिहवा ।
२५६४ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले कपिलवस्तुका सुरक्षाकर्मीलाई दुई हजार मास्क प्रदान गरेको छ । कोरोना भाइरस बिरुद्ध खटिएका सुरक्षाकर्मीलाई प्रयोग गर्नका लागि कपिलवस्तुका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक एक हजार मास्क प्रदान गरिएको हो ।
कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक दीप शमसेर जबरा र सशस्त्र प्रहरी नायब उपरिक्षक भुवन अर्याललाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका थिए ।
कोरोना भाइरसका कारण यस बर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको छ । कोरोना भाइरस बिरुद्धको अभियानमा अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी मास्क प्रदान गरिएको कोषका सदस्य ज्ञवालीले बताए । ‘स्वास्थ्य सामग्रीको अभावमा सुरक्षाकर्मी जोखिमपूर्ण तरिकाले कार्यक्षेत्रमा खटिएका छन, यस्तोमा उनीहरुको सहजतका लागि माक्क प्रदान गरेका हौं’ उनले भने ।
कोषले रुपन्देही र नवलपरासीमा गरी थप ६ हजार मास्क बितरण गर्ने तयारी गरेको छ । प्रहरी उपरिक्षक जबराले कपिलवस्तुको सुरक्षाकर्मीलाई समेत मास्क दिएकोमा कोषलाई धन्यबाद दिदै फिल्डमा खटिने प्रहरीलाई अब अलि सजिलो हुने उनले बताए । बिहीवार लुम्बिनीको मायादेवी मन्दिरमा कोषका सदस्य, भिक्षुहरुको सिमति टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।
यस्तै कपिलवसतुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सिमित ब्यक्तिहरुको सहभागीतामा दिप प्रज्वलन गरिने कार्यक्रम रहेको ज्ञवालीले बताए ।
प्रतिक्रिया