एजेन्सी ।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा ब्राजिलियन पूर्व स्ट्राइकर रानाल्डिन्हो उत्कृष्ट खेलाडी भएको मार्टिन कार्डेटीले बताएका छन् ।
रोनाल्डिन्होले बार्सिलोना, मिलान र पीएसजीसँगै ब्राजिलका लागि आफ्नो उत्कृष्ट करियरको आनन्द लिएका थिए । २००५ मा बालोन डि’ओर जितेका रोनाल्डिन्होले विश्वकप, च्याम्पियन्स लिग र ला लिगालगायत थुप्रै उपाधि जितेका छन् ।
मेस्सी अहिलेसम्मको सबैभन्दा महान् फुटबलरको रूपमा मानिन्छन् । उनले कीर्तिमानी छ पटक बालोन डि’ओर, चार च्याम्पियन्स लिग र १० ला लिगा उपाधि जितेका छन् । तर पनि कार्डेटीले मेस्सीभन्दा उत्कृष्ट रोनाल्डिन्होलाई मानेका छन् ।
“मैले २००३ मा रोनाल्डिन्हो पीएसजीबाट बार्सिलोना जानुभन्दा पहिला एक सिजन उनीसँग खेलेको थिएँ । त्यसैले म एक प्रशिक्षकका रूपमा आफ्नो सर्वश्रेष्ठ खेलाडी मेस्सीभन्दा पनि रोनाल्डिन्होलाई चुन्दछु,” कार्डेटीले भने, “रोनाल्डिन्हो जहिले पनि रमाइला थिए । उनी धेरै प्रशिक्षण गथ्र्ये । मिहिनेती थिए ।”
कार्डेटीले थपे, “तपाईंले उनलाई प्रशिक्षणमा देख्नु भएन । उनले खेलमा र अरुबेला चाल्ने हरेक चाल सबैभन्दा फरक छ । उनी जस्ता खेलाडीहरू विरलै देखिन्छन् र उनीहरूलाई फुटबल इतिहासमा याद गरिन्छ ।”
प्रतिक्रिया