मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका बिभिन्न क्वारेनटाइनबाट अहिलेसम्म ९ सय ७५ जना डिस्चार्ज भएका छन् । मङ्गलबार साँझ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४ सय ३ जना अझै क्वारेनटाइनमा रहेका छन् ।
क्वारेनटाइनमा रहेकाहरु सबैको आरडिटी जाँच भइरहेको र कोरोना संक्रमण नदेखिएकालाई आवश्यक विधि पु¥याएर दैनिक डिस्चार्ज गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेनटाइन बेड छन् ।
तिनमा दोश्रो तथा तेश्रो देशबाट आएका र शंकास्पद ब्यक्तिलाई राखेर जाँच भइरहेको छ । अहिलेसम्म करिब ११ सय ब्यक्तिको आरडिटी जाँच भएको र सबैको नतिजा नेगेटिभ देखिएकाले डराउनु पर्ने स्थिति नरहेको उहाँले बताउनु भयो । प्रशासनले प्रदेश ५ मा कोरोना जोखिम बढेकाले सचेतता अपनाउन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया