मायादेवी अनलाइन, चार नम्बर ।
प्रगतिशील पत्रकार संघ नेपाल शाखा कपिलबस्तुको तेस्रो जिल्ला सम्मेलन स्थगित भएको छ । विश्वभर कोरोना महामारी तीव्र रुपमा फैलिएको र त्यसले नेपाललाई पनि प्रभावित पारेको हुँदा सम्मेलन स्थगित गर्नु परेको बताइएको छ ।
संगठनका अध्यक्ष माधव भाट क्षेत्रीले मंगलबार एक प्रेस वक्तब्य जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी गराउनु भएको छ । वक्तब्यमा भनिएको, “प्रगतिशील पत्रकार संघ नेपाल शाखा कपिलबस्तुले तेस्रो जिल्ला सम्मेलन यही बैशाख २६ र २७ गते सम्पन्न गर्ने निर्णय भएको थियो र सम्मेलन सम्बन्धि तैयारी गरिरहेको थियो ।
अहिले कोरोना भाइरसका कारण मानव जातिमै समस्या उत्पान्न भैरहेको छ । कोरोना भाइरस फैलन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । सरकारले गरेको घोषणालाई पालना गर्दै सम्मेलन स्थगित गरिएको जानकारी गराइन्छ ।’’
साथै सहज परिस्थिति निर्माण भएपछि सम्मेलनको मिति पुनः तय हुने अध्यक्ष भाटद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । संगठनले कोरोना संक्रमणलाई फैलन नदिन लक डाउनको पुर्ण पालना गर्नुको विकल्प नभएको भन्दै सबैलाई घरभित्र बस्न अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया