काठमाडौं ।
कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले झण्डै डेढ महिनादेखि जारी लकडाउन कायम राख्न सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको समितिको बैठकले लकडाउन कति दिन लम्ब्याउन्ने भन्नेबारे निर्णय गर्ने जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको छ ।
समितिको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिँडारीले जारी लकडाउनलाई निरन्तरता दिइने निर्णय भएको जानकारी दिनुभयो । यसबारे थप निर्णय बुधवार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने छ ।
प्रतिक्रिया