९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राहत पाएपछि बोडगाउँ सिसेनीको मुस्लीम र दलित बस्तीमा खुसी



मायादेवी अनलाइन, चारनम्बर ।
बाणगंगा नगरपालिका –८ बोडगाउँको सिसेनी मुस्लीम र दलित बस्तीमा मंगलबार राहत वितरण गरिएको छ । लामो समयदेखि जारी लक डाउनको कारण दैनिक मजदुरी गर्न नपाएका विपन्न मुस्लीम तथा दलित बस्तीका ४० घर परिवारहरुलाई राहत प्रदान गरिएको हो ।

विभिन्न संघ संस्थाहरुको सह–कार्यमा खाद्यान्न संकलन गरी सहयोग गरेर विपन्न परिवारलाई दाल, चामल, तेल लगायतका खाद्य सामग्री सामाजिक दुरी कायम गरी बाँडिएको वडा नम्बर ८ का वडाअध्यक्ष गुणनिधी भुसालले बताउनु भयो ।

लक डाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई ठुलो समस्या छ । दैनिक ज्यालादारी गर्न नपाउँदा उनीहरुलाई विहान साँझ हातमुख जोर्नै धौधौ भएकाले राहत बाँडिएको वडाध्यक्ष भुषालले बताउनु भयो ।

राहत वितरण गर्न पुग्नुभएका समाजसेवी तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका पूर्व अध्यक्ष रविराज अचार्य, कार्यक्रम संयोजक दुर्गा अर्याल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य लगायतले राहत बाँड्दै नआत्तिन सबैलाई अनुरोध गर्नुभयो । उहाँअरुले यो बेला सबैले मानवता देखाउनु पर्ने बताउनु भएको छ ।

राहत पाएपछि सिसेनी मुस्लीम र दलित बस्तीमा खुसी छाएको छ । उनीहरु राहत बोकेर खुसी हुँदै घर फर्केका वडाध्यक्ष भुषालले बताउनु भयो । उनीहरुले सहयोगीहरुलाई धन्यबाद समेत दिएका छन् ।

त्यस संस्थाले लक डाउन समयमा धेरै गरिब उत्पीडित परिवारलाई उद्दार गरिसकेको कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी गराउनु भएको छ ।

राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरे, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका प्रतिनिधी दिवस घिमिरे, समाजसेवी चेतनरायण भण्डारी, गिरीराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ७ : ११ बजे