९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जेल जीवनका सहयोद्धा रायमाझीको निधनको खबरले दुखित छुः प्रधानमन्त्री ओली



मायादेवी अनलाइन, चारनम्बर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश पञ्चायत विरोधी आन्दोलनका एक योद्धा बुद्धिबहादुर रायमाझीको निधन प्रति दुख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार रायमाझीको निधनमा एक शोक बक्तव्य जारी गर्दै निरङ्कुशता विरुद्ध भएको अर्घाखाँचीको चर्चित बर्रे संघर्षमा रायमाझीले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभएको छ ।

बर्रे संघर्षका चर्चित योद्धा रायमाझी आफ्नो जेल जीवनका सहयोद्धा रहेको पनि शोक बक्तव्यमा उल्लेख गर्नुभएको छ ।

‘पूर्ववर्ती नेकपा (एमाले)का नेता तथा निरङ्कुशता विरोधी अनवरत संघर्षका क्रममा मेरो जेल जीवनका सहयोद्धा बुद्धिबहादुर रायमाझीको निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ । उहाँको दुखत निधन भएको यस घडीमा निरङ्शुक पञ्चायत व्यवस्था विरोधी संर्घषका क्रममा व्यतीत गरेका कठीन दिनहरु मेरो स्मृतीमा आइरहेका छन्, प्रधानमन्त्री ओलीले वक्तव्यमा भन्नुभएको छ ।’

नेपालको राजनैतिक तथा सामाजिक आन्दोलनमा उहाँले पु¥याउनुभएको योगदान सदास्मरणीय रहनेछ उहाँले भन्नुभएको छ ।

Image may contain: text

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ५ : ३५ बजे