काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो दुई नेताबीच पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको छ ।
पछिल्लो समय खनाल प्रचण्ड-नेपाल खेमामा छन् । उनले पनि केही समयअघिसम्म उनी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
यसअघि प्रधानमन्त्री ओलीले आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।
ओली-प्रचण्ड छलफलमा स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ ।
नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ भने स्थायी समिति बैठक बिहीबार बोलाइएको छ ।
प्रतिक्रिया