९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सांसद झाँक्री प्रश्न गर्छिनः लकडाउन सर्वसाधारणलाई मात्र हो ?



काठमाडौं ।
कोरोना भाइरस (काभिड-१९) संक्रमणको जोखिम न्यूनीकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औँ दिन पुगेको छ ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाइ गरेको छ । तर, सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारीसाधनको चाप बढेको देखिन्छ । अत्यावश्यक र पासबाहक सवारी सवारी साधनको भीड बढ्दै गएको छ ।

एयरपोर्ट, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतिघरलगायतका ठाउँमा प्रहरीले सवारी साधनको चाप बढ्न थालेको छ । ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूका अनुसार सरकारी, बैंकका कर्मचारीहरूले कार्ड देखाएर हिँडुल गरिरहेका छन् ।

यसैबीच प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र पनि चाप बढेको छ । बजेटको तयारीका लागि अर्थ मन्त्रालयमा सबैभन्दा बढी भीड लागेको छ भने विभिन्न संसदीय समितिहरूमा पनि छलफल चलिरहेको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०की सांसदले एकाएक सिंहदरबारमा भीडभाड बढेपछि चिन्ता व्यक्ति गरेकी छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ३ : ३२ बजे