बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका कम्युनिस्ट आन्दोलनका नेता बुद्धि बहादुर रायमाझीको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली नेता बुद्धि बहादुर रायमाझीलाई फोक्सोको क्यान्सर भएको थियो ।
क्यान्सर भएपछि भारतमा लामो समय करिव १५ लाख रकम खर्चेर उपचार गरेपनी निको नभएपछि रायमाझीलाई स्वदेश ल्याईएको थियो । भारतबाट आएपछि आफ्नै देशमा उपचार गर्न रायमाझी काठमाडौं पुगे । काठमाडौंमा उपचार गराईरहेका रायमाझीको सोमबार दिउँसो सभा तीन बजे ७१ बर्षको उमेरमा निधन भएको हो ।
लुम्बिनी अञ्चल नेपाल कम्युनिस्ट पार्टीको निर्णय अनुसार २०३० साल फागुन २८ गते रायमाझी सहित अन्य कम्युनिस्ट नेताहरू अर्घाखाँचीको सिद्धारा बर्रे संघर्ष काण्डमा उत्रिएका थिए । त्यहि काण्डको बिषयलाई लिएर रायमाझीले १४ बर्ष आफ्नो जेल जिवन बिताउनु परेको थियो ।
२२ बर्षको उमेरमा जेलमा परेका रायमाझीले जेल भित्रै अध्ययन गरी स्नातक पास गरे । १४ बर्ष जेल छुटेर आएपछि रायमाझी अझ पार्टीको हितमा योग्य कर्मठ खम्बा भएर उभिए । पार्टीलाई जहाँ अप्ठ्यारो परेको छ त्यहि ठाँउमा म जान्छु भनेर पार्टीको काममा खट्ने प्रभावशाली नेतालाई गुमाउनु परेको रायमाझीका अत्यन्तै सहपाठी मित्र (नेकपा)का नेता नरेन्द्र क्षेत्रीले बताए ।
पदिय भन्दा पनि काममा बिश्वास गर्ने रायमाझीको बानी रहेको नेता क्षेत्रीले बताए । रायमाझी लामो समय जिल्ला कमिटीमा रहेर काम गर्दै आएका थिए ।
रायमाझीले सन्धिखर्कको श्री भगवती मावि कुर संखेटारीमा लामो समय प्राध्यापक भएर अध्यापन गर्दै आएका थिए । उनी चर्चित हर्रेबर्रे काण्डका एक अगुवा पनि हुन् । तत्कालीन नेकपा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य रहेका रायमाझी पछिल्लो समय प्रगतिशिल लेखक संघ जिल्ला अध्यक्ष, जेष्ठ नागरिक जिल्ला अध्यक्ष लगायत धेरै संघ संस्थामा आवद्ध थिए ।
रायमाझी तत्कालीन निरङकुश शासकका बिरुद्ध तथा जनताको न्यायको पक्षमा लोकतन्त्र प्राप्तिको लागि सङघर्ष गर्दै आएका थिए ।
आफ्नो पुरै जीवन कम्युनिस्ट क्रान्तीलाई समर्पण गरेका रायमाझी अर्घाखाँची सन्धिखर्क निवासी ईमान्दार बौद्धिक एवं पुराना कर्मठ कम्युनिस्ट नेताको रुपमा समाज तथा आम पार्टी कार्यकर्ता बीच लोकप्रिय थिए ।
काठमाडौं स्थित नख्खु भद्रगोल जेलमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगै जेल बसेका रायमाझी स्वच्छ छबि भएको नेताको रूपमा ठानिएका थिए । उनका अर्घाखाँचीमा कम्युनिस्ट पार्टीको स्थापना र बिकास तथा बर्रे संघर्ष र हाम्रा भोगाई नाम राजनितिक किर्ती प्रकाशित छन् भने मुलधारका पत्रिकाहरुमा समसामयिक सामग्री प्रकाशित हुँदै आएका थिए । स्वर्गीय रायमाझीका श्रीमती र १ छोरा २ छोरी छन् । रायमाझीको पार्थीक शरीरलाई काठमाडौंमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको बताईएको छ ।
प्रतिक्रिया