काठमाण्डौँ ।
सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ ।
‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिनसमेत सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । देशभर अनलाइन कक्षाको नाममा भर्ना लिएको, शुल्क लिएको गुनासो पनि अभिभावकबाट आउन थालेको छ । सरकारले यसो गर्नेहरुलाई कारबाही गर्न सक्ने पनि चेतावनी दिइएको छ ।
विद्यार्थी भर्ना सुरु गर्न निजी विद्यालयले दबाब दिँदै आएका थिए । २५ वैशाखपछि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।
प्रतिक्रिया