मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना परिक्षणको रिर्पोट हेर्दा कपिलवस्तु अहिलेसम्म सुरक्षित देखिएको छ । प्रदेश ५ मा हाल कोरोना संक्रमतिको संख्या १७ पुगेको बेला कपिलवस्तुमा अहिलेसम्म एक जनामा पनि संक्रमण देखिएको छैन् ।
कोरोना जाँच भएका (आरडिटी) १ हजार ६५ जनाकै रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको आएको आधारमा जिल्ला सुरक्षित देखिएको हो । तर, १२ जिल्ला रहेको प्रदेश ५ का भारतीय सिमा जोडिएका रुपन्देही र बाँकेमा कोरोनाको जोखिममा परिसकेका छन् ।
यता कपिलवस्तुसंगै भारतीय सिमा जोडिएका नवलपरासी, दाङ, बर्दिया र पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र पूर्व रुकुममा पनि अहिलेसम्म कुनै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छैन् ।
कपिलवस्तुमा सोमबार मात्रै १२ जनामा कोरोना भाइरसको द्रुत परिक्षण (आरडिटी) भएको छ । जिल्लाका बिभिन्न पालिकाका क्वारेनटाइनमा रहेका सबैको परिक्षण गर्ने क्रममा सोमबार मात्र १२ जनाको जाँच भएको हो ।
सोमबार जाँच भएका सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सोमबारसम्म कपिलवस्तुमा कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् । क्वारेनटाइनमा बस्नेमध्ये सोमबारसम्म १ हजार ६५ जनाको र्यापीड टेष्ट भइसकेको प्रशासनले जनाएको छ ।
प्रदेश ५ को नेपालगञ्ज र बाँकेमा कोरोना देखिएका बेला कपिलवस्तुमा एक जनामा पनि कोरोनाको लक्षण नदेखिनु जिल्लाबासीको लागि सुखद रहेको उहाँको भनाई छ ।
अहिले १० पालिकाले तयार गरेको १ हजार ७७ क्वारेनटाइन बेडमा एक हजार २ सय ९७ जना रहेकोमा ९ सय ७४ जना डिस्चार्ज भइसकेका छन् । यस्तै हाल क्वारेनटाइनमा ३ सय ५३ जना रहेका छन् ।
प्रतिक्रिया