काठमाण्डौँ । संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।
सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ( राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की निवासी भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरिएको छ।
महासचिवमा नियुक्त भएका गौतम संसद सचिवालयका सचिव हुन्। गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका छन्। उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए।
प्रतिक्रिया