एजेन्सी ।
प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडी डिभोग ओरिगी पछिल्लो समय क्लबका लागि मुख्य खेलाडीका रूपमा रहेका छन् । सन् २०१४ मा लिलेबाट लिभरपुलमा आएका उनी केही समय पुनः लिलेमा लोनमा गएका थिए ।
उनले हाल लिभरपुलका लागि ८५ लिग खेल खेल्दै १८ गोल गरिसकेका छन् । लिभरपुलले सन् २०१८–१९ को सिजनमा च्याम्पियन्स लिग जित्दा उनी महत्त्वपूर्ण खेलाडी थिए । सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनासँग भएको खेलमा उनले उत्कृष्ट गोल गर्दै क्लबलाई फाइनलमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
पछिल्लो समय लिभरपुल छाड्ने मनसाय बनाएका ओरिगीले आफू क्लब नछाड्ने बताएका छन् । उनले क्लोपको प्रशिक्षकत्वमा आफ्नो खेलमा धेरै सुधार आएको छ अब लिभरपुल छाड्ने मनसाय नबनाएको बताए ।
“म अघिल्लो वर्षभन्दा धेरै राम्रो खेलाडी भएको छु । खेलका विषयमा भएका सबै कुरा सुन्छु । क्लबसँग सम्बन्धित सबै कुरालाई ध्यान दिने बानी बसेको छ । अझ भनौं क्लोपको प्रशिक्षकत्वमा धेरै सुधार भएको छ,” ओरिगीले भने ।
ओरिगीले बेल्जियम राष्ट्रिय टोलीका लागि २८ खेल खेल्दै तीन गोल गरेका छन् । उनी प्रिमियर लिगमा देखिने उत्कृष्ट खेलाडीमा पर्छन् ।
प्रतिक्रिया