काठमाडौं ।
आज (सोमबार) पनि देशैभरका केही स्थानमा हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार देशभरका ‘कही स्थान’ भन्नाले पहाड-तराई दुवै भेगका कुनै पनि स्थानमा वर्षा हुन सक्ने भनिएको हो ।
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा अहिले पनि वर्षा भइरहेको र त्यो प्रणाली पूर्व सर्ने क्रममा छ ।
साथै यो प्रिमनसुनको सिजन भएकाले साथमा हावाहुरी र चट्याङको पनि सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।
मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा पनि प्रवेश गरिरहेको छ ।
यसैकारण यहाँ हावाहुरीसहित वर्षा भइरहेको हो । नेपालमा केही दिनयता नै यस्तो भइरहेको छ।
प्रतिक्रिया