काठमाण्डौ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
अहिलेसम्म कोरोना सङ्क्रमित ३५ लाख ६२ हजार दुई सय ६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । निको भएर फर्कने जति सबै पुर्न जीवन पाएको भन्दै मुस्कुराउँदै फर्केका विश्वभरका संचारमाध्यमले जनाएका छन् । त्यस्तै भाइरसको सङ्क्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।
यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा कोरोना सङ्क्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म एक हजार तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।
प्रतिक्रिया