९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुसमा एकै दिन १० हजार बढीमा कोरोना संक्रमण, ५८ जनाको मृत्यु



एजेन्सी ।

रुसमा कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनयता तीव्र रुपमा बिस्तार भएको छ । पछिल्लो २४ घण्टामा रुसमा १० हजार ६३३ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

योसँगै रुसमा कोरोना भाइरस संक्रमितको कुल संख्या कम्तिमा एक लाख ३४ हजार ६८६ पुगेको छ । तर मृत्यु भने अमेरिका, स्पेन, इटालीको तुलनामा कम छ ।

आइतबार रुसमा कोभिड–१९ बाट ५८ जनाको मृत्यु भयो । हालसम्म रुसमा कुल १२ सय ८० जनाको कोभिड–१९ बाट मृत्यु भएको जनाइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र मस्को हो । त्यहाँको स्वास्थ्य सेवा प्रणालीमा चाप अधिक भएको छ ।

मस्कोका झण्डै दुई प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको मेयर सर्गेइ सोक्यानिनले बताएका छन् । मस्कोमा कडा लकडाउन लागु गरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अवस्था अति गम्भीर रहेको बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७ सोमबार ००:००  ६ : ३५ बजे