८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एकै दिन बाँकेमा १५ जना कोरोना संक्रमित थपिए



काठमाडौं ।
नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ । आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको थियो । आइतबारै साँझमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो ।

शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो । यसरी नेपालगञ्जमा कोरोना संक्रमित हुनेको संख्या १६ पुगेको छ ।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ । संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड-१९ अस्पताल तयार गरिएको छ ।

नेपाल लाइभमा नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए शीर्षकमा प्रकाशित समाचारलाई साभार गरी यस मायादेवी अनलाइनमा साभार गरिएको भएपनि उक्त समाचार नेपाल लाइभले गलत भन्दै क्षमायाचनासहित हटाएकाले हामी पनि सम्पूर्ण पाठकहरु समक्ष क्षमा माग्न चाहन्छौं ।

प्रकाशित मिति : २१ बैशाख २०७७ आइतबार ००:००  १० : ४० बजे