९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा ४० हजारभन्दा बढी



काठमाडौं ।
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ८३ जनाको ज्यान गएको र दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएको मन्त्रालयले जनाएको हो ।

भारतमा पछिल्लो समय सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७ आइतबार ००:००  १० : ११ बजे