मायादेवी अनलाइन, चारनम्बर ।
विश्व प्रेस स्वतन्त दिवसको अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत जनमुखी अभियानमा संचारकर्मीले पु¥याएको योगदानको प्रंशसा गर्दै शुभकामना सन्देश जारी गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त प्रेस विज्ञप्तीमा राजनैतिक परिवर्तन देखि सामाजिक रुपान्तरणको अभियानमा संचार जगतको प्रशंसनिय भुमिका रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा नेकपा कपिलवस्तु कठिन अवस्थामा पनि पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा आवाज विहिनको आवाज बाहिर ल्याउने शसक्त माध्यम बनेका सञ्चारकर्मीको जीविकोपार्जनसंग जोडिएको श्रमजीवि ऐनलाई स्थानीय तहसम्म कार्यान्वयनमा ल्याउन नेकपा कपिलवस्तु सरोकारवाला निकायसंग अपिल गरेको छ ।
जारी विज्ञप्तीमा समृद्ध राष्ट्र निर्माणमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रका निम्ति नेकपा प्रतिवद्ध रहन्छ भनिएको छ ।
प्रतिक्रिया