मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस बुद्धभूमि नगरपालिकाले बुद्धभूमि नगरपालिकालाई ५१ हजार रुपैयाँ विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ । नगरपालिकाले आह्वान गरेको कोषमा नेपाली कांग्रेसले पनि नगरका गरिव विपन्न तथा कोरोनाको संक्रमण र लक डाउनको समस्यामा परेकालाई सहयोग गर्न सहयोग गरेको समितिले जनाएको छ ।
नेपाली कांग्रेस बुद्धभूमि नगर समितिका सभापति माधव दोमासेको नेतृत्वमा गएको टोलीले बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठलाई बैंकमा जम्मा गरेको ५१ हजार रकमको बैंक भौचर प्रदान गरेका हुन् ।
सो अवसरमा वोल्दै दोमासेले विपदको वेला नगर भित्रका गरिब बस्तीहरुमा खाद्यान्न वितरण गरेको र केही रकम नगरको कोषमा सहयोग गरी सरकरलाई सहयोग गरेको बताए । विभिन्न संघ संस्थाले नगरपालिकाले आह्वान गरेको सहयोगको लागि नेपाली कांग्रेसले पनि सहयोग गरेको हुँदा पार्टीलाई धन्यवाद ज्ञापन गरे साथै सामाजिक उत्तर दायित्वको लागि राजनैतिक दलको सहयोग गर्ने पार्टीको अभियानले नगरको काममा सहयोग पुगेको बताए ।
भौचर हस्तान्तरण टोलीमा क्षेत्रिय सचिव रोमलाल खनाल, नगर सचिव कृष्ण बन्जाडे, कमल अधिकारी वडा नं १ का अध्यक्ष तेज बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका विभिन्न पालिकाहरुका गाउँबस्तीमा राहत सामग्री वितरण अभियान जारी राखेको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए ।
प्रतिक्रिया