बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ ले आइतबार १ सय ५० परिवारलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण भएको लक डाउनका कारण अति मारमा परेका अति बिपन्न, मजदुर, असहाय, अशक्त र भाडामा वस्ने परिवारलाई राहत बाँडिएको हो । राहत बैंक नै स्थापना गरेको वडाले बैंकमा जम्मा भएको सामग्री ती परिवारलाई बाँडेको बताइएको छ ।
वडाध्यक्ष ध्रुव बेलबासेका अनुसार प्रदेश साँसद विष्णु पन्थीसहितका ब्यक्तिको हातबाट प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नून र हात धुने साबुन वितरण गरिएको छ ।
वडाले राहत बैंकमा जम्मा भएको सामग्री विहान साँझ चुलो बल्नै समस्या हुने परिवारलाई वितरण गर्ने बेलबासेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यसअघि वाणगंगा नगरपालिकाले पहिलो चरणमा त्यस वडामा ८३ विपन्न्न घरपरिवारलाई राहत वितरण गरिसकेको छ । राहत वितरणमा समाजसेवी कुमार मधु वेल्वासे, जंजीर प्रसाद थारु, कमल पौडेल, हरिराज घिमिरे, नारायण खनाल, बिन्द्र गुरुङ्ग, दिपक थापा, जनप्रतिनिधि नुमलाल चौधरी, केशरा गुरुङ्ग, राजनितिक दलका प्रतिनिधीहरु र वडा सचिव सन्तोष कुमार बैठा लगायतको उपस्थीति रहेको थियो ।
प्रतिक्रिया