काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको लागि पुनः यो रोगको संक्रमण हुँदैन ।
तर विश्वका धेरै मुलुकमा यो भाइरसबाट निको भएका मानिसमा पनि यसको संक्रमण देखिएको छ ।नेपालमा पनि कोरोना भाइरसबाट निको भएका एक जना पुनः अस्पताल भर्ना भएका छन् । यद्यपि उनलाई पुनः कोरोना संक्रमण भएको पुष्टि भइसकेको छैन ।
निको भइरसकेका मानिसमा किन देखिन्छ त कोरोना भाइरसको संक्रमण रु यो अहिले धेरैको चासोको विषय बन्न पुगेको छ । विश्व स्वास्थ्य संगठनकि टेक्निकल लिड मारिया बैन केरखोब कोरोना भाइरसको मृत कोशिकाहरु अझै पनि अस्तित्वमा रहेकाले पुनः परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हुनसक्ने बताउनु हुन्छ । यसको अर्थ उनीहरूमा पुनः संक्रमण भयो भन्ने नहुने उहाँको भनाइ छ ।
निको भइसकेका मानिसको रोग प्रतिरोधी क्षमता कति बलियो हुन्छ भन्ने विषयमा अहिले वैज्ञानिकहरूले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । कोरोना भाइरस उत्पत्तिबारे अनेक विषय प्रकाशमा आइरहेका बेला उहाँले प्राकृतिक रूपमा कोरोना भाइरस निस्किएको जिकिर गर्नुभयो । ।
चमेराबाट मानिसमा कोरोना भाइरस उहाँको मत छ । यद्यपि, चमेराबाट मानिसमा यो भाइरस कसरी आयो रु भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरस चीनको प्रयोगशालामा बनेको दाबी गरेका थिए ।
स्रोतः बीबीसी
प्रतिक्रिया