बुटवल ।
रुपन्देही कोटहीमाईका कोरोना संक्रमित युवाको परिवारका १० सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ ।
कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित युवाको परिवारका १० जनाको पीसीआर परीक्षण गर्दा संक्रमण नभएको पाइएको हो ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा परिवारका सबै १० जनाकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
भारतको दिल्लीबाट ट्रक चढेर र पैदल यात्रा गर्दै लकडाउनको समयमा वैशाख ५ गते मर्चवारको ठोठरी नाकाबाट घर आएका २५ वर्षका युवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको हो ।
कोरोना संक्रमित युवालाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
प्रतिक्रिया