९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वैशाख २६ गते संसदको बर्खे अधिवेशन आह्वान



काठमाडौं ।
सरकारको आज आइतबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले बैशाख २६ गते दिउँसो ४ बजे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक नियम छ ।

संसदमा सामाजिक दूरी कायम गरी अधिवेशन सञ्चालन गर्ने तयारी पनि गरिएको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको निरिक्षण समेत गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७ आइतबार ००:००  २ : १७ बजे