९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बैदेशिक रोजगारीको नाममा करोडौं रकम ठगि गर्ने वाणगंगाका विनोद भुसाल पक्राउ



मायादेवी अनलाइन, चारनम्बर ।
बैदेशिक रोजगारीमा लैजान्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ हरिहरपुरका विनोद भुसाल आइतबार विहान पक्राउ परेका हुन् । भुसालमाथि बैदेशिक रोजगारीमा लैजान्छु भन्दै दर्जनौं व्यक्तिलाई करोडौं रुपैयाँ ठगेको आरोप थियो ।

उनी पछिल्लो समय प्रहरीको फरार सूचिमा थिए । हालै मात्र जिल्ला प्रहरी कार्यालय दाङमा उनीमाथि अनलाइनबाट रकम ठगि गरेको उजुरी परेको थियो । उक्त उजुरी उपर इलाका प्रहरी कार्यालय पिपराले भुसालमाथि सुक्ष्म अनुसन्धान गरिरहेको थियो ।

कपिलवस्तु, गुल्मी, पोखरा, मुस्ताङ लगायतका स्थानमा उनी छन् भन्ने आधारमा उनलाई इलाका प्रहरी कार्यालय पिपराले अनुसन्धान गरिरहेको थियो । यी जिल्लाका सर्वसाधारणबाट उनले रकम ठगि गरेको आरोप छ । उनलाई खोज्न प्रत्येक जिल्लामा दुई दुई जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान गरिरहेको अवस्थामा आइतबार विहान चारनम्बर क्षेत्रबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतबार नै जिल्ला प्रहरी कार्यालय दाङको जिम्मा लगाउने तयारी भैरहेको छ ।

उनीमाथि गुल्मी, पोखरा, मुस्ताङका विभिन्न व्यक्तिबाट उनले रकम ठगि गरेको आरोप छ । उनले अमेरिका र युरोपियन मूलुकका विभिन्न देशमा पठाउँने भन्दै ठग्दै आएका थिए ।

पछिल्लो समय रकम ठगिबाटै करोडौं रकमका मालिक बन्न पुगेका उनले अनलाइनबाट बैदेशिक रोजगारीमा पठाउँछु भन्दै धन्दा चलाइरहेका थिए भने कतिपयलाई प्रत्यक्ष भेटेर रकम बुज्ने गरेका थिए । उनले आधिकारीक रुपमा दर्ता गरेर म्यानपावर सञ्चालन गरेको पाईदैन् । म्यानपावर एजेन्टको रुपमा काम गर्दै आएका उनी अन्नतः आइतबार प्रकाउ परेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७ आइतबार ००:००  १० : ०६ बजे