काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले तीन अध्यक्ष बनाउने विषयमा असहमति जनाएका छन् । शनिबार साँझ बसेको बैठकमा वरिष्ठ नेता नेपालले तीन अध्यक्ष बनाउने प्रस्तावमा असहमती जनाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।
बुधबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले नेता नेपाललाई तेस्रो अध्यक्षको रुपमा जिम्मेवार दिन सकिने बताएका थिए । तर, नेता नेपालले यो विषयलाई अस्विकृत गर्दै आएका थिए । शनिबारको बैठकमा पनि उनले तेस्रो अध्यक्षको पद अस्विकार गरेपछि यसको च्याप्टर क्लोज भएको छ ।
शनिबार साँझ बालुवाटारमा नेकपाको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।
साथै बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया