७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्रदेश ५ मा विद्यार्थी भर्ना अभियान चलाइने



दाङ ।
प्रदेश ५ मा विद्यार्थी भर्ना अभियान चलाउन आग्रह गरिएको छ । बुधबार सामाजिक विकास मन्त्रालयले अनलाइन, टेलिफोन तथा सुरक्षित रुपमा विद्यार्थी भर्ना गर्न आग्रह गरेको हो । त्यसका साथै शारीरिक दूरी कायम राखेर भर्ना अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ । कक्षा ९ सम्मको नतिजा प्रकाशन भएसँगै प्रदेश सरकारले स्थानीय तहहरुलाई आवश्यक पुस्तक समेत वितरण गर्न आग्रह गरेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको बैठकले हरेक विद्यार्थीबीच पाठ्युस्तक पुर्‍याउने योजना बनाएको जानकारी दिइएको छ ।
प्रदेश ५ मा करिब ५ हजार ७ सय विद्यालय छन् । तीनमा ११ लाख हाराहारीमा विद्यार्थी अध्यनरत रहेको मन्त्रालयले उल्लेख गरेको छ । विद्यालय तहसम्मको अधिकार स्थानीय तहमा रहेकाले प्रदेश मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको हो । अझै पनि स्थानीय तहहरुले कक्षा ८ को नतिजा भने सार्वजनिक गरेका छैनन् । कोरोना भाइरसको महामारीका कारण एसईई परीक्षा समेत अझै सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ७ : ३२ बजे