७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पार्टी एकता जोगाउन संवाद बढाऔंः मन्त्री भुषाल



काठमाडौँ ।
नेकपा स्थायी कमिटी सदस्य एवं कृषि मन्त्री घनश्याम भुषालले पार्टी एकता बचाउन संवादमा जोड दिन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा उनले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र पार्टी विभाजनसम्मको खतरा रहेको संकेत गरेका छन् ।

विगतमा एमाले र माओवादी विभाजनको उदारण दिँदै उनले संस्थागत प्रणालीभित्रै समाधान खोज्नेसहितका तीन सूत्र अगाडि सारेका छन् ।

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र, २०४७ सालको प्रजातन्त्र अस्थीर हुँदै गयो । २०६४-६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र, विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्,’नेता भुषालले लेखेका छन्, ‘समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ। पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो-नहडबडाउँ, दोस्रो-संवाद गरौं र तेस्रो-संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ४ : २७ बजे