७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

जडिबुटीको सम्मिश्रणबाट नेपालमै कोरोनाविरुद्धको औषधी तयार भएको दाबी



हेटौँडा ।
नेपालमै कोरोना भाइरसविरुद्धको औषधी तयार भएको दाबी गरिएको छ । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापक डा ललितकुमार दासलेले कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका गर्नुभएको हो ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गरेका डा दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी दिनुभएको छ ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ ।

यसअघि जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाइसक्नु भएका दासले यो औषधी निर्माण गर्न कडा मेहनत गरेको बताउनु भयो । का थिए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू बुधबार उनले अनुसन्धान गरेको प्रयोगशालामा पुगेर जानकारी समेत लिएका छन् ।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौँ मुलुकमा कोरोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनहुन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  १ : ४८ बजे