७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कोरोना भाइरसः विश्वमा २ लाख १७ हजार बढीको निधन, अमेरिकामा एकै दिन २५ सयको मृत्यु



एजेन्सी ।
दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ । आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका छन् ।

अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जनाको मृत्यु भएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ । त्यस्तै अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमतिको संख्या १० लाख ३५ हजार ४ सय ५४ रहेको छ । अमेरिकापछि इटालीमा धेरैले ज्यान गुमाएका छन् । इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ भने २ लाख १ हजार पाँच सय पाँच संक्रमित छन् ।

त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित रहेका छन् । त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गुमेको छ भने एक लाख ६५ हजार ९ सय ११ बिरामी छन् । बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ भने २१ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् । जर्मनीमा एक लाख ५९ हजार बिरामी रहेका छन् । त्यहाँ ६ हजार २ सय १४ जना बिरामी छन् ।

त्यस्तै टर्कीमा पनि १ लाख १४ हजार संक्रमित रहेका छन् । टर्कीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ । रुसमा तीव्ररुपमा फैलिएको यो भाइरका कारण एकै दिन ७३ जनाले ज्यान गुमाउँदा ९३ हजार ५ सय ५८ संक्रमित छन् । त्यहाँ ८ सय ६७ जनाले ज्यान गुमाएका छन् । इरानमा ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ । त्यहाँ ९२ हजार ५ सय ८४ संक्रमित छन् ।
नेपालको छिमेकी देश चीनमा मृत्यु शुन्यमा झरेको छ । चीनमा ६ जनामा संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन् ।

भारतमा ३१ हजार संक्रमित हुँदा त्यहाँ मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । त्यहाँ एक हजार ८ जनाको ज्यान गइरहेको छ । कोरोनाका कारण विश्वभर अहिलेसम्म ३१ लाख ३६ हजार २ सय ३२ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७ सय ९९ रहेको छ । विश्वभर ९ लाख ५३ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ८ : २८ बजे