७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

अर्घाखाँचीमा ‘र्‍यापिड टेस्ट’ गर्दा एकजनामा देखियो कोरोना भाइरस



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ मा कोरोनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

नगरपालिकाका क्वारेनटाइनमा रहेकाहरुलाई अहिले कोरोनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट भैरहेको छ । सोही क्रममा मंगलबार गरिएको टेष्टमा कोरोनाको संक्रमण देखिएको हो । यद्यपि र्‍यापिड टेस्टमा भने पछिल्लो समय प्रश्न उठ्ने गरेको छ । यो टेष्टमा कोरोना संक्रमण देखिए पनि स्वाव परिक्षण गर्दा कोरोना नभएको घटना देशभर यसअघि सार्वजनिक भैरहेका छन् ।

यसै हप्ता नवलपरासीका एक बृद्धमा र्‍यापिड डायग्नोस्टिक टेस्टले कोरोना पोजेटिभ देखिएपनि स्वाव परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

र्‍यापिड टेस्टले कोरोना भएको देखाएपछि अहिले उनको स्वाव परिक्षणका लागि बुटवल पठाइएको बताइएको छ ।

केही दिन पहिले मात्र नगरपालिकामा झण्डै दुई सय जनालाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती नागरिक अहिले क्वारेनटाइनमा रहेका छन् ।

यस्तै काठमाडौंमा अलपत्र परेकाहरु पनि यो बीचमा आएपछि नगरपालिकाले क्वारेनटाइनमा राखेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  १० : ४१ बजे