८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुधबार नेकपाको सचिवालय बैठक आह्वान



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

आजका लागि बोलाइएको बैठकबुधबार बेलुकी ५ बजेका लागि सारिएको नेकपाले जनाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएलगत्तै सचिवालय बैठक बस्ने भनिएको थियो ।

केही दिन यता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढ्दै गएको छ । सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच भएको छलफलमा मंगलबारका लागि सचिवालय बैठक बोलाउने तय भएको थियो ।

यस्तै केही दिनअघि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमा अध्यक्षद्वयलाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  ७ : ५६ बजे