मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोनाको द्रुत परिक्षण जारी छ । आज जिल्लाका १० पालिकाका २१ जनामा कोरोनाको परिक्षण भएको छ । आजसम्म भएका परिक्षणमा कसैमा पनि कोराना नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइनमा बसेकाहरुलाई कोरोनाको द्रुत परिक्षण चलिरहेको हो । अहिलेसम्म ९ सय ७८ जनाको परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता जिल्लामा ३ सय १२ जना अझै क्वारेनटाइनमा रहेका छन् । भारत तथा तेस्रो मुलुकबाट आएकाहरु अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । जिल्लाका एक हजार ७७ क्वारेन्टाइन बेडमा एक हजार १९४ जना रहेकोमा ८ सय ८२ जना डिस्चार्ज भैसकेका छन् ।
यसैबीच जिल्लामा पहिलो चरणको राहत अन्तर्गत १० पालिकाले २३ हजार ३४५ बिपन्न परिवारलाई राहत बितरण गरेका छन् ।
प्रतिक्रिया