मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसका कारण जारी लकडाउनका बेला कपिलवस्तुको मायादेबी गाउँपालिका– ७ स्थित दुई गाउँमा रहेको ५ क्यून्टल बढी हरियो गाँजा प्रहरीले नष्ट गरेको छ ।
मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालयबाट गएको टोलिले अठकोनिया र लालपुरको खेतमा लगाइएको गाँजा फाडेर नष्ट गरिएको हो ।
अठकोनियाका साधु राधेश्याम तिवारी र लालपुरका रामअचल यादवको खेतमा रहेको हरियो गाँजा नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुबेदीले बताए । ‘ लकडाउनका क्रममा गस्ती गर्दा खेतमा गाँजाको बोट देख्यो, त्यस पछि नष्ट ग¥यौं’ उनले भने ।
खेतमा रहेको गाँजाको खेती नभई आफै उम्रेको उनले बताए । लागु पदार्थको सुचीमा रहेको गाँजाको उत्पादन, सेवन, बिक्री बितरणमा प्रतिबन्ध छ ।
प्रतिक्रिया