नवलपरासी ।
नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा एक जना र पूर्वी नवलपरासीमा एक जना गरी दुई जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले सोमबार लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ बर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, उइनसापास्मो २ सय ८१ क्याप्सुल, फेनरागत ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ फिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम र नाइट्रोभेट २ सय ३८ ट्याब्लेन र युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गाँजा सहित एक जना पक्राउ परेको छ । २ किलोग्राम गाँजा सहित मध्यविन्दु १० अरणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यबिन्दु १५ का बर्ष २८ चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिए ।
हुप्सेकोट गाउँपालिकामा स्थानीयलाई धम्काएर भागेका उनलाई प्रहरीले पछ्याउने क्रममा उनलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको हो । नेपालीलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया