रुकुमपूर्व ।
हराएको आठ महिनापछि एक बालकको कंकाल भेटिएको छ । भूमे गाउँपालिकामा ९ चुन्वाङस्थित च्याङचुङ टोलका १३ वर्षीय विनय पुनको कंकाल भेटिएको हो । गत असोज ६ गते हराएका थिए । बालक हराएदेखि नै उनको खोजी थालिएको थियो । परिवारको तर्फबाट खोज्दा नभेटिएपछि परिवारले गत पुस ५ गते जिल्ला प्रहरीमा निवेदन दिएर खोजीका लागि आग्रह गरेका थिए ।
वैशाख १२ गते बाख्रा चराउन गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको कपडा र मोबाइलबाट उनका आफन्तले हराएकै बालकको कंकाल भएको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।
बालकको कंकाल घरबाट २० देखि २५ मिनेट टाढाको जंगलको खोल्सामा भेटिएको गुरुङले जानकारी दिए । वैशाख १३ गते आफन्तले बालकको मृत्यु स्वाभाविक नभएकाले अनुसन्धानका लागि निवेदन दिएका छन् । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया