८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धोनीको स्थान लिँदा दबाबमा राहुल



एजेन्सी ।
भारतीय ब्याट्सम्यान केएल राहुलले सीमित ओभरको विकेटकिपिङको जिम्मेवारी सम्हाल्दा आफूलाई धेरै दबाब हुने बताएका छन् । उनले समर्थकको ठूलो आशाका कारण विकेटको पछि रहेर पूर्वकप्तान महेन्द्रसिंह धोनीको स्थान लिँदा धेरै दबाब हुने बताए ।

उनले भारतमा भएको खेलमा विकेटकिपिङ गर्दा समर्थकका अगाडि आफू धेरै डराएको बताए । “जब म भारतमा विकेटकिपिङ गरिहेको थिएँ । त्यतिबेला समर्थकको दबाबका काराण म धेरै नर्भस थिएँ । किनकि मेरो सानो गल्ती हुँदा पनि समार्थकलाई लग्थ्यो कि मैले धोनीको स्थान लिन सक्दैन भनेर । त्यसैले धोनीको स्थान लिँदा दबाब धेरै हुन्छ,” उनले भने ।

पछिल्ला खेलहरूमा कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबाहेक कोही लयमा छन् भने केएल राहुल नै छन् । पछिल्लो वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेपछि राहुलले एकदिवसीय र टी–ट्वान्टी दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

तर, विकेटकिपिङ आफ्ना लागि नयाँ नभए पनि दबाब भइरहने उनले बताए । राहुलले आईपीएल र घरेलु टोली कर्नाटकका लागि लगातार विकेटकिपिङ गरेका छन् । उनले यसै वर्ष अस्ट्रेलियाविरुद्ध भारतमा भएको एकदिवसीय र टी–ट्वान्टी सिरिजमा विकेटकिपिङको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  २ : ५६ बजे