८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाबाट अमेरिकामा करिब १० लाख संक्रमित, रुसमा तीव्र फैलँदै



अमेरिका ।

कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा संक्रमित हुनेको संख्या करिब १० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म अमेरिकामा ९ लाख ८७ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ५६ हजार १६४ ले ज्यान गुमाएका छन् भने १ लाख ११ हजार १९७ जना निको भएका छन् । पछिल्लो पटक रुसमा संक्रमण तीव्र फैलिएको छ। गत २४ घण्टामा ६ हजार १९८ थप संक्रमित थपिएका छन् । यससँगै रुसमा चीनभन्दा धेरै ८७ हजार १४७ मा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ हजार ३४६ निको भएर घर फर्किएका छन् भने ७९४ ले ज्यान गुमाएका छन्।

लगातार संक्रमण र मृत्युदर न्यून भइरहेको स्पेन र इटालीमा गत २४ घण्टाभित्र ६६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ३३१ को मृत्यु भएको छ भने इटालीमा ३३३ ले ज्यान गुमाएका छन्। यससँगै स्पेनमा मृत्यु हुनेको संख्या २३ हजार ५२१ पुगेको छ भने इटालीमा २६ हजार ९७७ पुगेको छ ।

त्यस्तै स्पेनमा थप २ हजार ७९३ नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै स्पेनमा २ लाख २९ हजार ४२२ जना संक्रमित भइसकेका छन्। इटालीमा भने १ हजार ७३९ थप संक्रमित भेटिएका छन् ।

कुन देशमा कति दस देशको आँकडा
अमेरिका
संक्रमित- ९,८७,४६७
मृत्यु- ५६,१६४
निको- १,११,१९७

स्पेन
संक्रमित- २,२९,४२२
मृत्यु- २३,५२१
निको- १,२०,८३२

इटाली
संक्रमित- १,९९,४१४
मृत्यु- २६,९७७
निको- ६६,६२४

फ्रान्स
संक्रमित- १,६५,९६२
मृत्युस् २३,३२७

निको- ४६,२९३

जर्मनी
संक्रमित- १,५८,४३४
मृत्यु- ६,०६१
निको- १,१४,५००

बेलायत
संक्रमितः१,५८,३४८
मृत्युः २१,१५७
निकोः ८०७

टर्की
संक्रमितः १,१२,२६१
मृत्युः २,९००
निकोः ३३,७९१

इरान
संक्रमितः९१,४७२
मृत्युः ५,८०६
निकोः७०,९३३

रुस
संक्रमितः ८७,१४७
मृत्युः७९४
निकोः ७,३४६

चीन
संक्रमितः ८३,९१८
मृत्युः ४,६३७
निकोः ७८,३६८

स्रोतः (जोन्स हप्किन्स विश्वविद्यालय)

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  ७ : १४ बजे