८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा दुई सय ९४ जना अझै क्वारेनटाइनमा, कोरोनाको द्रुत परिक्षण जारी



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा २ सय ७४ जना अझै क्वारेनटाइनमा रहेका छन् । जिल्लाका १० स्थानीय तहले निर्माण गरेका क्वारेनटाइनमा यी नागरिक रहेका हुन् ।

जिल्ला भित्र रहेका एक हजार ७७ क्वारेनटाइनबाट अहिलेसम्म ८ सय ६७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । भारत तथा तेस्रो मुलुक हुँदै नेपाल आएका र कोरोनाको आशंका गरिएकालाई १४ दिन क्वारेनटाइनमा राख्नुपर्ने भएकाले यी नागरिक क्वारेनटाइनमा बसेर घर फर्किएका हुन् ।

जिल्लामा कोरोनाको र्यापिट टेस्ट अर्थात दु्रत परिक्षण जारी छ । क्वारेनटाइन भित्र बसेकाहरुलाई गरिएको यो परिक्षणमा अहिलेसम्म कसैमा कोरोना भेटिएको छैन् । सोमबारसम्म ९ सय ५७ जनाको कोरोना परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो ।

सोमबारमात्र ५ जनाको परिक्षण गरिएको छ । हरेक स्थानीय तहमा दुई दुई जनाको दरको द्रुत परिक्षणका लागि स्वास्थ्यकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज शैनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०७७ सोमबार ००:००  ७ : २८ बजे