दाङ ।
लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनिरहेको एक एक्स्काभेटरलाई डिभिजन वन कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।
घोराही उपमहानगरपालिका–१९ मा च्यानगैरादेखि श्रीचौर जाने गोरेटो बाटोमा विनाअनुमति एक्स्काभेटर चलाएको भेटिएपछि वनको गस्ती टोलीले चालकसहित नियन्त्रणमा लिएको हो ।
दुबीचौर राष्ट्रिय वन क्षेत्रमा मध्य राति बाटो खनिएको पाइएको डिभिजन प्रमुख दीपक ज्ञवालीले बताए । रा१क ७५९ नम्बरको स्काभेटर र चालक बंगलाचुली गाउँपालिका २ का २५ वर्षीय थमबहादुर घर्तीमगरलाई पक्राउ गरिएको हो ।
चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कलमार्फत १५ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया