मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका नगर कार्यपालिकाको बैठक बसेको छ । सोमबार सम्पन्न बैठकले कोरोनाका कारण रोकिएको खोप कार्यक्रमलाई जेठ महिनादेखि नियमित गर्ने निणर्य गरेको छ ।
गत चैत्र ११ गतेदेखिको लकडाउनका कारण विभिन्न कामहरु प्रभावित बनेका छन् । जारी लकडाउनले चैत्र र वैशाखमा खोपको कार्यक्रम हुन नसकेको र जेठबाट नियमित कार्यक्रम गर्ने नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । यस्तै बैठकले लकडाउनको समिक्षा पनि गरेको छ ।
प्रतिक्रिया