काठमाण्डौँ ।
सरकारले कोरोनाभाइरस (कोभिर्ड) १९० को परीक्षणका लागि चीनबाट खरिद गरेर ल्याएको पोर्टेबल पिसिआर मेसिन प्रभावकारी नभएपछि थन्किएको छ। दैनिक १२ वटा नमूना परीक्षण गर्न पनि मुस्किल भएपछि अधिकांश प्रयोगशालाले यो मेसिनबाट परीक्षण गर्ने काम रोकेका छन्। सरकारले चीनबाट प्रति मेसिन २१ लाख खर्चेर पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको हो।
सरकारले यो मेसिन जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा वितरण गरेको छ। यो मेसिनबाट एकचोटीमा एउटा मात्र नमूनाको परीक्षण गर्न मिल्छ र त्यसको नतिजा आउन डेढ घण्टा लाग्छ। यसरी परीक्षण गर्दा दिनमा १० वटा नमूनाको परीक्षण हुन्छ। यो मेसिनबाट परीक्षणको चाप धान्न नसक्ने प्रयोगशालामै काम गर्ने स्वास्थ्यकर्मीहरूको ठहर छ। जनकपुरमा यो मेसिनबाट अहिलेसम्म सय वटा मात्र नमूनाको परीक्षण गरिएको छ।
साथै यो मेसिनको नतिजामा त्रुटी देखिएपछि केही दिनदेखि मेसिनबाट गरिने परीक्षणको काम रोकिएको छ। उक्त मेसिनमा दुईपटक नेगेटिभ देखिएको नतिजा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजेटिभ देखिएपछि मेसिनको गुणस्तरमाथि प्रश्न उठेको हो।
त्यहाँ मेसिनबाट परीक्षण नभएकोु तीन दिन भएको बताइएको छ । यता प्रदेश(२ मा संकलित स्वाबहरू परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नै पठाइएको छ। अहिले पोखरा, भैरहवा , धनगढी लगायतमा पोर्टेबल पिसिआर प्रयोग गरी कोरोना जाँच भइरहेको छ । अहिले चीनबाट ल्याएको पाँचवटै पोर्टेबल पिसिआर मेसिन प्रयोगविहीन जस्तै बनेको छ। सरकारले यो मेसिन ल्याउनुपूर्व देशमै भएका आरटी पिसिआरलाई प्रयोगमा ल्याउनुपर्ने विज्ञहरूको तर्क छ।
प्रतिक्रिया