काठमाण्डौँ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भोली सचिवालय वैठक बस्ने भएको छ । पार्टीमा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल आज कोटेश्वरस्थित निवासमा बसेपछि भोली सचिवालय वैठक बस्ने मिति तय भएको हो । आजको छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी थिए।
छलफल सकिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताउनु भयो भने नेपाल पक्षका नेता रघुजी पन्तले मन माझ्ने काम भएको बताउनु भएको छ ।
भोलीको वैठकपछि स्थायी कमिटीमा अलि मिलेर जानुपर्ने कुरा आएको विशेष श्रोतले बताएको छ । छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी रहेका थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।
नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा छन्। नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन्।
प्रतिक्रिया