बर्दिया ।
लकडाउनको मौका छोपी बबई नदीबाट बालुवा उत्खनन् गरि ओसारपसार गरिरहेको अवस्थामा दुई वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारबर्दिया नगरपालिका–२ स्थित कुम्राघाट खोलाबाट कालीगण्डकी कन्सट्रक्सन एन्ड सप्लायर्स बा‘केका दुई वटा टिपर नियंत्रणमा लिएको प्रहरी उपरिक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको विशम परिस्थितिमा अवैध रुपमा नदीबाट बालुवा उत्खनन गरिरहेको अवस्थामा टिपरलाई नियन्त्रणमा लिन जिल्लाबाट प्रहरी खटिएको थियो।
प्रतिक्रिया