काठमाडौं ।
प्रिमियर लिग क्लब चेल्सीले खेलाडीले तलब कटौती नगर्ने भएको छ ।कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिरहेका युरोपका क्लबहरुले खेलाडीकोे तलबमा कटौती गरेका छन् । तर लण्डन क्लब चेल्सी खेलाडी सहित कर्मचारीलाई पुरै तलब दिन सहमत भएको छ ।
उसले खेलाडीसंग यस महिनाको तलबमा १० प्रतिशतले कटौती गर्ने प्रस्ताव गरेको थियो ।क्लबले आधिकारिक रुपमा भनेको छ, ‘टिमले कसरी योगदान गर्न सक्छ भन्ने बिषयमा खेलाडीसंग ब्यापक छलफल भएको थियो ।’
चेल्सीको बोर्ड बैठकले विभिन्न च्यारिटीमा सहयोग गर्न खेलाडीहरुमा आग्रह गरेको छ ।‘यो समय, पुरुषको पहिलो टिमले क्लबका लागि आर्थिक रुपमा योगदान दिने छैनन् । सोही कारण बोर्डले टिमलाई आफ्नो प्रयासमा ध्यान केन्द्रित गर्न निर्देश गरेको छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
तलब कटौतीको बिषय क्लब र खेलाडीबीच निरन्तर छलफल भएको थियो । खेलाडीका तर्फबाट कप्तान सिजर अज्प्लिक्युएटाले प्रतिनिधित्व गरेका थिए ।खेलाडीले बताए अनुसार क्लबले यस महिना १० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको थियो । तर यस बिषयमा क्लब र खेलाडीबीच कुनै किसिमको सहमती बन्न सकेन ।
चेल्सीले खेलाडी सहित सबै कर्मचारीको तलब पुरै भुक्तान गर्ने पुष्टि गरेको छ ।आर्सनल सहित प्रिमियर लिगका धेरै क्लबले महामारीबाट पर्न गएको आर्थिक संकटबाट पार पाउन खेलाडीको तलब कटौती गर्ने सहमती गरेका थिए ।
प्रतिक्रिया